कसरी फैलियो जुम्लाबाट प्रहरी जवानको मृत्युको खबर ?

काठमाडौं । विहीबार दिउसो एकाएक राजधानीका अनलार्इन तथा केही प्रशारण संस्थाले जुम्ला घटनामा घाइते प्रहरी जवानको मृत्युको खबर छायो। जुम्लामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा घाइते भएका प्रहरी जवान कमल अाचार्यको मृत्यु भएको खबर प्रकाशित गर्ने सञ्चार माध्यमलार्इ दोष दिँदै प्रहरी प्रधान कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गर्यो।

प्रहरी जवानको मृत्यु भएको समाचार गलत थियो। उनको उपचार कोहलपुरमा भइरहेको छ । अाँखिर कसरी फैलियो त मृत्युको खबर ?

जुम्लामा अनसनरत चिकित्सक गोविन्द केसीलार्इ लिन गएको टोलीलार्इ स्थानीय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले अबरोध गरे । अबरोधका क्रममा प्रहरी र प्रदर्शनकारिबीच झडप भयो। झडपका क्रममा प्रहरीकै शब्दमा मान्ने हो भने सिसाको गोलि प्रहरी चलायो। अश्रु ग्यास हान्यो।

केही प्रहरी र प्रदर्शनकारी घाइते भए। उनकीहरूलार्इ उपचारका लागि प्रतिस्ठानमै भर्ना गरियो। यत्तिकैमा जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं तपाईहरुलाई…. ‘

अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण भएको थियो ।

झडपका क्रममा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये एक प्रहरी जवानको छातीमा सीसा र चिर्पटले लागेको प्रहरीले जनाएको छ ।

जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बुधबार साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’

प्रहरी जवानको मृत्यु भएको घोषणा भएता पनि अनलाइनखबरले डीएसपी दाहालको माइकिङलाई पत्याएन । तत्कालै अस्पताल स्रोतमा सम्पर्क गर्दा कोही पनि प्रहरी जवानको मृत्यु नभएको पुष्टि भयो ।

अाँशु झार्दै जुम्लाबाट विदा भए डा. केसी
यसरी मृत्युको खबर सुनेपछि चिकित्सक केसी पनि भाव विह्वल भए। उनले सुरूपमा काठमाडौँ नफर्कने बताएका थिए। स्थिति नियन्त्रण बाहिर जाने खतरा बढ्दै गयो। त्यसपछि उनी फर्किन राजि भए।

उनले अाफ्नो कारणले प्रतिष्ठान रणभुमि नहोस भन्ने चाहेरै काठमाडौँबाट गएको टोलीसँग फर्किन राजि भए।

अाखिर कसरी फैलियो किन फैलाइयो यो खबर यो विस्तारै खुल्दै जाला तर पनि मानविय समवेदनामाथि प्रहरीले गरेको प्रहार हो यो। यसको छानविन हुन जरूरी छ।

Loading...