मगर संघको रत्ननगर तदर्थ समितिमा रामबहादुर राना

चितवन, रत्ननगर । नेपाल मगर संघ रत्ननगरले शनिबार नगरको तदर्थ समिति गठन गरेको छ । स्थानीय संरचनाअनुसार पहिलो भेला बसेर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको अध्यक्षमा रामबहादुर रानामगरलाई छनौट गरेको छ।

यस्तै समितिको उपाध्यक्षमा देवबहादुर रानामगर, सचिवमा खेमबहादुर मगर, सह–सचिवमा भोजबहादुर थापामगर र कोषाध्यक्षमा रेखा थापामगरलाई छनौट गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष खिमबहादुर थापामगरले जानकारी दिए।

शनिबारको भेलाले २४ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिका सदस्यहरूमा चन्द्रबहादुर सुनारीमगर, मनबहादुर आलेमगर, अम्बिका थापामगर, मीना थापामगर, धनमाया थापामगर, लक्ष्मी थापामगर, हेमा रानामगर, होमबहादुर सारूमगर, राजेन्द्र सारूमगर, नवराज मगर, बुद्दिबहादुर रानामगर, यमबहादुर रानामगर, शक्तिबहादुर थापामगर, ईन्द्रबहादुर थापामगर, शर्मिला रानामगर, श्याम मगर, मीरा रानामगर, कृष्णबहादुर रानामगर र एकबहादुर थापामगर रहेका छन्।

गठित तदर्थ समितिले अबको ६ महिनाभित्र पहिलो अधिवेशन गरेर दुईवर्षे नगर कार्यसमिति गठन गरिने उनले बताए । जिल्लामा रहेका ७ वटा स्थानीय तहमध्ये खैरहनी, कालिका र माडीमा यसअघि नै तदर्थ समिति गठन भइसकोका छन् । बाँकी स्थानीय तहमा पनि भदौ महिनासम्ममा तदर्थ समिति गठन गरिसक्ने तयारी रहेको उनले बताए ।

Loading...