नेवारी भाषा संस्कृति जगेर्ना गर्ने काम चुनौतिपुर्ण बन्दै

चितवन । नेवारी भाषा संस्कृति जगेर्ना गर्ने काम चुनौतिपुर्ण बन्दै गएको सरोकारवालाहरुले वताएका छन् । नेवा पुच नारायणगढको १९ औं बार्षिक साधारण सभा तथा अधिबेशनमा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले घरपरिवार भित्रै नेवारी भाषाको प्रयोग कम भएकाले भाषा लोप हुने अवस्थमा पुगेको वताएका हुन्।

यस्तै अवस्था रहे नेवारी भाषाको इतिहास खोज्नुपर्ने दिन आउने भन्दै उनले नेवा पुचको भाषा एवं संस्कृति संरक्षणका लागि तालिमको आयोजना गर्नुपर्ने वताए । त्यस्तै उद्यँेग बाणिज्य संघ चितवनको पुष २५ गते देखि हुन लागेको चितवन महोत्सवमा फुड फेस्टिबल आयोजना गर्न नेवा पुच नारायणगढलाइ नै दिने प्रधानले वताए।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयराम श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । यसैविच नेवा पुच नारायणगढको १९ औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट पुरानै कार्यसमिति चयन भएका छन्।

ज्ञानेन्द्र मान शाक्यको अध्यक्षतामा पुरानै कार्यसमिति आगामी कार्यकालका लागि चयन भएको सह सचिव प्रविना श्रेष्ठले जानकारी दिइन् ।

Loading...