विपीको ३६ औं स्मृति दिवसः साहित्यिक योगदानमाथि चर्चा

चितवन । विपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा विपीका साहित्यहरुमा समाजचेतनाका विषयमा चर्चा गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठनहरु प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाली लेखक संघ चितवन र जननायक विपी कोइराला स्मृति ट्रस्ट काठमाडौंको संयुक्त आयोजनामा शनिबार चितवनमा विश्व साहित्य र समाजचेतनाका सन्दर्भमा साहित्यकार विपी विषयक विचार गोष्ठि गरिएको हो ।

साहित्यकार विपी कोइरालाका कथामा समाजचेतनाका विषयमा कवि चेतराज रेग्मिले चर्चा गरेका थिए । विपीका कथाहरुमा शोषित बर्गहरुबाट आर्थिक शोषणमा परेका उत्पिडित बर्गको चित्रण गरिएको उनले वताए । विपीका कथाहरु दोषी चस्मा, महाराजको सवारी, बौलाहा, एक रात, कर्नेलको घोंडा, मधेषतिर सान्नानी लगायतमा लैंगिक हिंसा, प्रशासनीक शोषण प्रणालीलाइ जोडतोडले बाहिर ल्याउने प्रयास भएको रेग्मिले वताए ।

नेपाली साहित्यमा समाजचेतना जगाउन विपीको अतुलनीय योगदान रहेको उनको भनाइ छ । विपीका उपन्यासहरुमा समाजचेतनाका विषयमा प्रजातन्त्रवादी प्राध्यापक संघ चितवनका सदस्य केशवराज चालिसेले चर्चा गरेका थिए ।

तिन घुम्ती, हिटलर र यहुदी, सुम्निमा लगायतका उपन्यासमा जातिय विभेदलाइ उठान गरिनुका साथै मानवताका विषयमा प्रश्न उठान गरेका छन् । विपीका कथा एवं उपन्यासहरुको चर्चा पछि साहित्यकार उदय अधिकारीले टिप्पणी गरेका थिए ।

यसैविच जननायक विपी कोइराला स्मृति ट्रस्टले अन्त्योदय जनजाति आवासिय विद्यालय खैरहनीलाइ ७५ हजार रुपैंया छात्रावृत्ति प्रदान गरेको छ । विद्यँलयमा २ सय विद्यँर्थी अध्ययनरत छन् ।

Loading...