१८ दिन लामो युरोप भ्रमणमा निस्किँदै डा. भट्टराई, रूसबाट हुने सुरू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज रुस जाँदै छन्।

भ्रमणका क्रममा उहाँ रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायत) पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले त्यहाँका प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया/छलफल गर्ने बताइएो छ।

यो भ्रमणलाई उनले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्ने सचिवालयले जनाएको छ।

भ्रमणकै क्रममा उनी गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुने छन्।

त्यस्तै उनले जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको छ। उनीसँगै भ्रमणमा उनकी पत्नी हिसिला यमी पनि हुनेछिन् ।

भ्रमण पूरा गरी उहाँ साउन २३ गते काठमाडौं फर्कनुहुनेछ ।

Loading...