पुर्वी नवलपरासीको कावासोती स्थीत खरकट्टा जंगलमा पोल अज्ञात व्यक्तिद्वारा क्षति

पुर्वी नवलपरासी । पुर्वी नवलपरासीको कावासोती स्थीत खरकट्टा जंगलमा रहेको १३३ के.भीको मुख्य विधुत प्रशारण हुने कावासोती वितरण केन्द्रको सबस्टेसन पोलमा अज्ञात व्यक्तिले क्षेती पुर्याउदा जिल्लामा नै विधुत प्रसारण अस्तव्यस्त भएको विधुत प्राधिकरण कावासोती शाखाले जनाएको छ।

नवलपुरको शवस्टेसनबाट पुर्व पश्चीम विधुत प्रशारण हुने एक सय तेत्तीस केभीको पोल नै अज्ञान व्यक्तिले काट्दा जिल्ला संगै अन्य स्थानमा विधुत प्रशारणमा समस्या देखिएको विधुत प्रधिकरण शाखा कावासोतीले जनाएको छ।

नेपाल विधुत प्राधिकरण कावासोती शाखाका इन्जीनिय विनोद सापकोटाका अनुसार विगत दुई तिन दिन देखि पावर ट्रान्सफर्मरमा समस्या आएको र केहि दिन विधुत अवरुद्ध हुन गएको कारण आक्रोसमा विधुत पोल काटिएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो।

आफुहरुले विधुत अवरोध भएको स्थानमा प्रभाव गर्ने प्रयास गरि रहेको भए पनि पोल काट्दा विधुत प्रशारणमा समस्या उत्पन्न भएको इन्जीनियर सापकोटाले बताउनुभयो । मुख्य विधुत प्रशारण हुने पोलमा क्षती पुर्याउने अज्ञात व्यक्तिको खाजि कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

Loading...