अदालतकै यस्तो अादेशः सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नु

धनुषा । जिल्ला अदालत धनुषाले ६ दशकदेखि सरकारी स्वामित्वमा रहेको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउन आदेश दिएको छ ।

यसअघिको आफ्नै फैसलालाई उल्ट्याउँदै अदालतले जनकपुरको भानुचोकस्थित ६ कट्ठा ५ धुर जग्गा जनकपुर–११ का राजजीवन मण्डलको नाममा कायम गराउन आदेश दिएको हो ।

दुई वर्षअघि जिल्ला अदालतले नै मण्डलको मुद्दामाथि सुनुवाइ गर्दै दाबी नपुगेको जनाएको थियो ।

गत २२ चैतमा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले फैसला सुनाएको थियो । त्यसको पूर्णपाठ सोमबार आएको नयाँ पत्रिका दैनिकमा समाचार छ।

यो जग्गालाई ६ दशकयता कर, मालपोत, गुठी र वडा प्रहरी कार्यालयले भोगचलन गर्दै आएका छन् । यसको हालको मूल्य करिब ८० करोड पर्छ ।

सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने अदालतको आदेशले स्थानीय बासिन्दाले विरोध गरेका छन्।

Loading...