काठमाडौंमा ग्लोबल साईबर सेक्युरिटी समिट हुने

काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय स्तरको ग्लोबल साईबर सेक्युरिटी समिट हुने भएको छ ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साईबर रिजेलियन्स’ भन्ने मूल नाराका साथ आगामी बिहिबार र शुक्रबार काठमाडौंमा ग्लोबल साईबर सेक्युरिटी समिट आयोजना गर्न लागिएको हो । सम्मेलनमा साईबार कानुन, नीति र त्यसका सुरक्षाका विषयमा गहन छलफल हुने इन्फरमेसन सेक्युरिटी रेसपोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवि अधिकारीले जानकारी दिनु भयो ।

साईबर अपराधको घटना बढिरहेका बेला नेपालमा त्यस्ता जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय अनुभव आदान प्रदान गर्न समिट आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सम्मेलनमा साईबर सुरक्षाको बारेमा प्राविधिक, कानुनी तथा जनचेतनामूलक कार्यक्रमका बारेमा ठोस धारणा तय गर्ने दावी पनि गरिएको छ । विश्व प्रसिद्ध आईटी र नेटवर्किङ कम्पनी सिस्कोको मूल प्रायोजनमा आयोजना हुने २ दिने समिटमा सूचना प्रविधि क्षेत्रमा आवद्ध व्यवसायीहरु, सुरक्षा अधिकारीहरु र यस क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहनेछ ।

Loading...