चिनी उद्योगमा मदिरामा प्रयोग हुने कच्चा पदार्थ उत्पादनको विरोध

नवलपरासी । नवलपरासीको प्रतापपुर नगरपालिकामा रहेको इन्दिरा सुगरमिलमा मदिरामा प्रयोग हुने एसिड प्लान्ट कच्चा पदार्थ उत्पादन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

उनीहरुले मापदण्ड विपरीत मिलबाट एसिड प्लान्ट उत्पादन गर्न लागेको र यसले प्रदुषण फैलाउने भन्दै सुगरमिल तोडफोडको प्रयास पनि गरेका छन् । नवलपरासीको प्रतापपुरका झण्डै ८ सय स्थानीय बासिन्दाले सुगर मिलमा तोडफोडको प्रयास गरेको इलाका प्रहरी कार्यालय बेलाटारी प्रमुख केदार बस्नेतले जानकारी दिनुभयो ।

प्रतापपुरका स्थानीयले मिलले प्रदुषण बढाएको र मापदण्ड विपरित सञ्चालन भएको भन्दै यसअघि पनि विरोध गर्दै आइरहेका थिए ।

Loading...