विधुत चुवाहट नियन्त्रण लागि विभिन्न कार्यक्रम

नवलपुर । नेपाल विधुत प्राधिकरण कावासोती शाखाले विधुत चुवाहट नियन्त्रणका लागि गरेको विभिन्न कार्यक्रमहरु प्रभावकारी देखिएको छ । जिल्लामा केहि वर्ष अघि सम्म विधुत चुवाहट उच्च रहे पनि गएको वर्ष देखि विधुत चुवाहट घटेको नेपाल विधुत प्राधिकरण कावासोतीका प्रमुख विजय शर्माले जानकारी दिनुभयो।

उहाका अनुसार पहिले धेरै मात्रामा विधुत चुहावट भए पनि हाल भने त्यति विधुत चुवाहट हुन नसकेको जानकार िगराउनुभयो शर्माका अनुसार अहिले सर्वसाधारणहरुमा पनि चेतनाको विकास भएको कारण विधुत चुवाहट न्युनिकरण भएको बताउनुभयो

। विधुत चुवाहट केवल विधुतका कर्मचारीहरुले गरेर मात्र नहुने भन्दै यसमा सबैको सहयोग आवस्यक पर्ने बताउनुभयो । विधुत चुहावटले केहि समय खर्च जोगाए पनि देशलाई भने दिर्घकालिन रुपमा खर्च हुने हुदा विधुत चुवाहट रोक्न आवस्यक रहेको बताउनुभयो।

अहिले नवलपुरमा करिव ७८.३८ प्रतिशतले विधुत चुवाहट न्युनिकरण गर्न सफल भएको जानकारी दिनुभयो । विधुत प्राधिकरण शाखाले विधुत चुवाहट रोक्न गाँउमा माइकिङ, कर्मचारी परिचालन लगायतका कार्यक्रमहरु गरेको थियो ।

Loading...