अक्सफोर्ड कलेज गैँडाकोटलाई अन्तर्रा्ष्ट्रिय अवार्ड प्राप्त

गैँडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित भएको छ।

फ्रान्सको राजधानी पेरिसमा भएको २२ औं अन्तर्रा्ष्ट्रिय कन्भेक्सनबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी २०१८ को स्वर्ण पदकबाट सम्मानित भएको कलेजका प्रिन्सिपल हरि भण्डारीले शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन।

संसारका ११८ राष्ट्रहरुलाई पछि पार्दे अक्सफोर्ड कलेजले लिडरसिप, म्यानेजमेन्ट र क्वालिटीमा प्रथम भएर सम्मानित हुन सफल भएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा दिएको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको कलेजलाइ विड नामक अन्तर्रा्ष्ट्रिय संस्थाले सम्मान गरेको हो।

सो अवसरमा सो संस्थाका प्रमुखले ९० वटा राष्ट्रहरुका विज्ञहरुले गरेको मूल्याङ्कनको आधारमा गोल्ड मेडलले सम्मान गरेका थिए । यस्तो अवार्ड प्राप्त गर्ने नेपालकै पहिलो शैक्षिक संस्था भएकोले कलेजको मात्रै नभएर देशकै गरिमा उच्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

यो सम्मानले नेपालीहरुले पनि उत्कृष्ट क्षमता को प्रयोग गरी उत्कृष्ट ब्यवस्थापन , सफल नेतृत्व र गुणस्तर कायम गर्न सक्षम छन् भन्ने प्रमाणित भएको पनि प्रिन्सिपल भण्डारीले बताए । गँैडाकोट नगरपालिकाको वाड नम्बर २ मा रहेको अक्सफोर्ड कलेजमा बीसीए, विभिन्न विषयमा इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कम्युटर विज्ञान, बीबीएलगायतका विषयमा पढाइ हँुदै आएको छ ।

Loading...