काँग्रेसलाई रहरले होइन सरकारले नै सडकमा निम्तो दियोः सभापति देउवा

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन कांग्रेसको रहर नभए पनि सरकार आफैँले निम्तो दिएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रर्याटिक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई गैँडाकोटमा सम्बोधन गर्दै सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको बताएका हुन् ।

देउवाले भने, मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने ?कम्युनिस्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । कम्युनिस्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ, सभापति देउवाले भने, हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।

यो नेपाली कांग्रेशलाई मान्य हुदैन, देउवाले भन्नुभयो, हामीलाई आन्दोलन गर्ने रहर होईन, सरकारले बाध्य बनाउदै छ ।” सरकारले डाक्टर गोविन्द कोसी संगको सहमतिको बुदामा चिकित्सा शिक्षा सम्वन्धी न्यायिक जाचबुझ आयोगले दोषि ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारबाही प्रक्रिया दुई महिना भित्र सुरु गर्ने सम्झौता गरेको छ ।

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुर महानगरपालिकाले सिटि हल निमार्ण गर्ने तयारी प्रति पनि आफ्नो ध्यानकर्षण भएको उहाले बताउनुभयो । विगतको निर्वाचनको हारको निस्कर्ष निकाल्दै सभापति देउवाले पार्टीका आफ्नै साथी साथी विचको मटमुटावका कारण पाटीको पराजय भएको दावि गर्नुभयो । उनले गएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसभित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए ।

कम्युनिस्टहरु दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं’ देउवाले भने, अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही बताउँछ । अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने उनले बताए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए । कार्यक्रममा महामन्त्री डा.शसांक कोइराला,लगायतका केन्द्रिय नेताहरुको सहभागीता रहेको थियो ।

Loading...