पहिरोले बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

बुटवल । वर्षासँगै खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरूद्ध बनेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पहिरो खस्दा अवरुद्ध भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।

Loading...