सेञ्चुरी बैंकको रत्ननगरमा शाखा विस्ता

चितवन । सेन्चुरी वैंकले चितवनको रत्ननगर स्थित सौराहा चोकमा शाखा विस्तार गरेको छ । १०४ औं शाखाको रुपमा सौराहाचोकमा आईतवार शाखा विस्तार गरिएको हो । सो शाखाको एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र वैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सेन्चुरी वैंकका कार्यकारी निर्देशक तुलसीराम गौतमका अनुसार सो वैंकको निक्षेप ६३ अर्व,लोन ५५ अर्व रहेको छ । आगामी २ महिनाको अवधिमा देशभर १ सय २५ वटा शाखा विस्तार गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक गौतमले वताउनुभयो । वैंक उद्घाटनका अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख वनले युवा ,किसानहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

नगरपालिकाले पनि युवाहरुलाई स्वरोजगार वनाउन १ करोडको उद्यमी कोष खडा गरेको भन्दै यस वैंकले पनि आर्थिक उपार्जन मात्रै नहेरी सामाजिक उत्तरदायित्व समेत वहन गर्नु पर्ने वताउनुभयो । वैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले आर्थिक श्रोत परिचालन गरेपछि मात्रै समृद्धी हुने उल्लेख गर्दै उद्यमी वन्न चाहनेहरुको साथमा वैंक रहने प्रतिवद्धता जनाए ।

वैंकका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष भेषराज दुवाडी ,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ३ का कोषाध्यक्ष ज्ञानवहादुर विसुराल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Loading...