वडा स्तरीय विद्यालय फुटवल प्रतियोगीता हुने

बिबेक भण्डारी

नवलपुर । वडा स्तिरीय बालसञ्जाल देवचुली १७ को आयोजनामा अन्तर विद्यालय फुटवल प्रतियोगीता २०७५ आयोजना गर्ने भएको छ । देवचुली नगरपालीकाकलाई नेपालकै पहिलो वालमैत्री स्थानीय तह वनाउने पुर्व सन्ध्यामा वालीका शसक्तिकरणलाई मध्येनजर गर्दै यहि श्रावण १९ गतेवाट खेलको आयोजना गरिएको सोमवार पत्रकार सम्मेलन को आयोजना गरि वडा वाल सञ्जाल देवचुली १७ का अध्यक्ष रेजीना घर्ति मगरले जानकारी दिनुभयो।

खेलमा १८ वर्ष मुनीका वालवालीकालाई मात्र सहभागी गराईने,प्रतियोगीता नकआउट नियममा खेलाईने,समुहमा वैकल्पीक खेलाडी सहित १५ जना सदस्यहुनुपर्ने लयाएतका कुराहरुमा ध्यान दिईने नगरबाल सञ्जालका उपाध्यक्ष रुपेश बानीयाले जानकारी दिनुभयो।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १७का अवडा अध्यक्ष विष्णुप्रासद आचार्यले देवचुलि नगरपालीकालाई बाल मैत्री वडा घोषणामा आफुहरु पनि लागि परेको र आयोजित फुटवल प्रतियोगितालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगीतामा प्रथम हुनेले नगद रु ७ हजार प्रमाण पत्र र शिल्ड प्राप्त गर्नेछन । भने द्धितीयले नगद रु ५ हजार, प्रमाण पत्र र शिल्ड प्राप्त गर्नेछन।

प्रतियोगीतामा सर्वोत्कृष्ठ खेलाडी शिल्ड, प्रमाण पत्र,प्रत्येक खेलका उत्कृष्ठ खेलाडीलाई मेडल र सहभागी विद्यालयलाई प्रमाण पत्रको ब्यवस्था रहेको आयोजकले जनाएको छ । कार्यक्रममा वडा नं १७ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्य,देवचुली १७ खेलकुद अध्यक्ष सन्तोस हमाल, सतिव सागर सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

Loading...