जिल्ला प्रशासन कार्यालय शिक्षा विकास इकाइको उद्घाटन

नवलपुर । जिल्ला प्रशासन कार्यलय शिक्षा विकास तथा समन्वय इकाइ समिति नवलपरासी वर्दघाट सुस्ता पुर्व नवलपुरमा कार्यलयको उद्घाट गरिएको छ । मंगलवार नवलपुरको कावासोती स्थीत शिव नमुना मा वि स्रोत केन्द्रमा एक कार्यक्रमको आयोजना गरि सो कार्यलयको उद्घाट गरिएको हो ।

उद्घाटन कार्यक्रममा बो्ल्दै प्रमुख अतिथि एवम नवलपरासी वर्दघाट सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी दिपक नेपालले शिक्षाको सवालमा संगै यसको मातहतमा हुने सबै खाले कार्यहरु यहि बाट हुने हुदा सरल हुने बताउनुभयो ।

आयोजित कार्यक्रममा प्रदेश सासंद जनकलाल श्रेष्ठ, विष्णुलामीछाने, कावासातेी नगरपालीकाका नगर प्रमुख चन्द्राकुमारी पुनको पनि आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न विघालयका प्राचार्य एवम शिक्षकहरुको उपस्थीत रहेको थियो ।

Loading...