भारतीय केराको प्रभावले नेपाली केराको माग घट्यो, किसान चिन्तित

नवलपरासी । नेपालमा सस्तो भारतीय केराले बजार लिएपछि नेपाली केराको माग घटेको छ । देशको ठुला तथा साना बजारहरुमा भारतीय केराको बिगबिगीले नेपाली केराको बजार घटदै गएको किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

भारतीय केरा २० देखि २२ रुपिया दर्जनमा पाउने हुँदा नेपाली व्यपारीहरु बढि केरा विक्री गर्न भारतीय केरानै नेपाली बजारमा विक्री वितरण गरिरहेका छन् । भारतीय केरा नेपाली केराको तुलनामा प्रति दर्जन १५ रुपैयाँ सस्तो पर्ने हुँदा नेपालको ठुला तथा साना बजारहरुमा भारतीय केरा छयाप्छयाप्ती पाईएको छ ।

नेपाली केरा उत्पादनमा लागत बढि लाग्ने हुँदा नेपाली केराको मुल्य बढेको पाईन्छ । नवलपरासीमा उत्पादित नेपाली केराले बजार नपाएपछि नवलपरासीका केरा किसानहरु मर्कामा परेका छन् । नेपालमा भारतीय केराको आयातले नेपाली केराको माग त घटाएकै छ अर्काे तर्फ भारतीय सस्तो केरामा विषादी प्रयोग गरिएकाले सो केरा स्वास्थ्यका लागि हानिकारक समेत रहेको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए ।

अध्यक्ष यादवले भने, व्यपारीहरुले बढि केरा विक्री गर्न आर्थिक प्रलोभजनमा परि विषादीयुक्त केरा नेपाली बजारमा धमाधम विक्री वितरण गरिरहेका छन् ।

जिल्लाको महेसपुर भन्सार र रुपन्देहीको बेलहिया भन्सारबाट आयात हुने केरा फलफुल क्वारेन्टाईनबाट सबै थोक चेक हुन्छ तर विषादी चेक नहुने कारणले नेपाली उपभोक्ताहरु विषादीयुक्त केरा खान बाध्यछन् । भारतीय केरा नेपाली बजारमा रोकन प्रदेश ५ को कृषि मन्त्री र जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र समेत बुझाइए सकिएको छ तर पनि कुनै फरक परेको छैन ।

जिल्लामा उखु खेती छाडदै किसानहरु व्यवसायिक केरा खेतीतर्फ उन्मुख भएपनि केराको बजार डाउन हुदै गएपछि यो खेतीलेपनि किसानहरु लाभान्वीत हुन नसकेको चिन्ता व्यक्त गरे । जिल्लाको गण्डक कमाण्ड क्षेत्र केराको पटक क्षेत्र हो ।

यस क्षेत्रमा करिब १३ हजार विगाहा क्षेत्रफलमा केरा खेती गरिएको छ जसमा १ हजार कृषकहरु व्यवसायिक रुपले आवद्ध छन् । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेती गर्दै आएका छन् जसको मुख्य बजार नारायण घाट, बुटवल, भैरहवाँ, पोखरा, काठमाण्डांै, मुग्लिङ्ग बजारहरु हुन् ।

नेपाली केरा ति बजारहरु पु¥याउन सकिएको छैन कि, भारतीय केराले मार्केटै डाउन गरिदिएको छ । यस्तो समस्यामा परेका यहाँका किसानहरुको समस्या सामाधान गरिदिन यहाँका सम्बनिधत निकायलाई किसानहरुले हार गुहार गरेका छन् ।

Loading...