८ वर्षमा पनि बनेन् पुल, जोखिममा यात्रा गर्दै स्थानीय

- बिबेक भण्डारी

नवलपरासी । तीन वर्षमा बन्ने पुल ८ बर्ष वितिसक्दा पनि बन्न सकेको छैन । पश्चिीमी नवलपरासीको सरावल गाउँपालिका ६ बटसार टोल र महेसपुर बजार जोडने पुल ८ बर्षमा पनि बन्न नसकेपछि स्थानियहरु वर्षायाममा जोखिमपुर्ण यात्रा डुङ्गाको सहारा लिन बाध्य भएका छन् ।

चुरे पहाड हुदैै बगेको पानभार खोला तल झरही भई बगेको छ । उक्त झरही खोलामा बन्न लागेको पुल ८ बर्ष वितिसक्दापनि अझै पुल बन्न सकेको छैन । अधुरो पुलका कारण बर्षायाममा स्थानिय जनताहरु नजिकै रहेको भारतको ठुठिबारी बजार, महेसपुर बजार र सो क्षेत्रमा आवत जावत गर्न कठिनाई भैरहेको बताउछन् ।

पुल नबन्दा स्थानिय विद्यार्थीहरुपनि डुंगा चढेरै विद्यालय जाने गरेको स्थानिय हरिराम यादवले बताए । बि.सं २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री बिजय कुमार गच्छदारले ३ वर्षमा निर्माण हुने गरि पुलको शिलन्यास गरेका थिए ।

तर ठेकेदार कम्पनीको लापरवाहीले ८ बर्षमा पनि पुल बन्न सकेन । जिल्लाको भुताहांदेखि महेशपुर सडकखण्ड अन्तर्गत बडसार झरही नदिमा पर्ने उक्त निर्माणाधिन पुल १ सय २५ मिटर लम्बाई र ७ मिटर चौंडाई रहेको छ ।

विल्डर्स कन्सट्रक्सन कम्पनिले ७ करोड ८ लाखमा पुल निमार्ण गर्ने ठेक्का लिएको थियो । ठेकेदारले कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी, बर्षा र बिभिन्न आम हडतालको बहानामा उक्त पुलको निर्माण कार्य ढिलो भएको सफाई दिन्छ । पुलमा अझै ४० प्रतिशत कार्य हुन बाकी देखिएको छ ।

Loading...