नमस्ते एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा भरतपुरमा सुरु ग¥यो

चितवन । नमस्ते एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा भरतपुरमा पनि विस्तार गरेको छ । अष्ट्रेलियाको सिड्नीमा प्रधान कार्यालय रहेको यो कन्सल्टेन्सीले आजबाट आफ्नो सेवा सुरु गरेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरेन्द्र सिग्देलले बताउनुभयो।

उद्घाटन समारोहमा बोल्दै उहाँले नमस्तेले विद्यार्थीहरूलाई विदेशको नौलो वातावरणमा भिज्न सहयोग पु¥याउने बताउनुभयो । विदेशमा पढ्न जाने विद्यार्थीहरूले धेरै अन्यौल भोग्नु पर्ने बताउँदै उनीहरूलाई तयारी पोसाकका लागि २५ हजार रुपैया सहयोग गर्ने बताउनृभयो।

नमस्ते एजुकेसन एण्ड भिसा सर्भिसेजले काठमाडौं र पोखरा पछि भरतपुरमा तेश्रो कार्यालय सञ्चालन गर्न लागेको हो । प्रबन्ध निर्देशक सिग्देलले छिट्टै बुटवलमा पनि सेवा विस्तार गर्ने बताउनुभयो ।

Loading...