पाल्पामा जिप दुर्घटना दुर्इ जनाको मृत्यु

पाल्पा । पाल्पाको ठिमुरे ढुस्टुङ्गमा शनिबार साँझ बा १ च ७९७० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

तानसेनबाट बिद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको निजी हाइलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटना भई खोल्सामा खसेको हो।
 
जीपमा सवार विवेक पौडेल र डोल्पाली भनेर चिनिने एक जना गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप सडकबाट अप्ठ्यारो ठाउँमा निकै तल खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

Loading...