भेनेजुयलामा राष्ट्रपतिमाथि ड्रोन अाक्रमण

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । उनले सभामा भाषणा गर्दै गर्दा अाक्रमण भएको हो।

उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ ।

ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोडि्रग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले लेखेको छ ।

Loading...