जाजरकोट पहिरो चारको मृत्यु तीन वेपत्ता

जाजरकोट । अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ। अझै तीन जना वेपत्ता छन्।

मृत्यु हुनेमा तीन बालबालिकाको रहेको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ। मृतकमध्ये एक जनाको शितली लुहार भएको प्रहरीले जनाएको छ।

जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारका अनुसार पहिरोले तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो । प्रहरीले मृतक चार जना एकै परिवारका रहेको बताएको छ। गोपाल सुनारको घरमा तीन जना पुरिएको आंशका गरिएको छ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ।

Loading...