सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुरमा ३ वर्षे डीएनवाईएस कक्षा सञ्चालनको तयारी

नवलपुर । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा सम्बन्धी ३ वर्षे डीएनवाईएस कक्षा सञ्चालनको तयारी गरेको छ । चिकित्सालयले सीटीईभीटीबाट सम्बन्धन लिएर ४० जना विद्यार्थीहरुलाई डिप्लोमा तहको प्राकृतिक चिकित्सा सम्वन्धी अध्यापन गराइने तयारी अघि बढाएको छ।

त्यसका लागि कोर्ष समेत डिजाइन भइसकेको चिकित्सालयले जनाएको छ । स्नातक तहको कार्यक्रम सञ्चालनसँगै नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राकृतिक चिकित्सासम्बन्धी मेडिकल कलेज सञ्चालनको समेत प्रक्रिया अघि बढाएको चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले जानकारी दिए।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बिहीबारको ७० औं बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

Loading...