भूकम्पले भत्किएका गुम्बा विहार निर्माण गर्न माग

चितवन । भुकम्पले क्षती पुराएका गुम्बा विहारहरुको पुर्ननिर्माणमा भएको गतिरोध अन्त्य गर्न सरकारलाइ आग्रह गरिएको छ । गुम्बा बिहार पुर्ननिर्माणको सवालमा भएको गतिरोध अन्त्यका लागि बौद्ध गुम्बा बिहार संघ चितवनले बुधबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले प्रकृया पुरा गरेको गुम्बा विहारहरुको पुर्ननिर्माणमा तदारुकता देखाउन सरकार संग माग गरेका हुन् ।

बौद्ध गुम्बा बिहार महासंघका महासचिव रामेश्वर ढकालले क्षति मुल्यांकन सर्वेक्षण भएका गुम्बाहरुको तत्काल पुर्ननिर्मँण गर्न र बांकी रहेका गुम्बाहरुको छिटो सर्वेक्षण गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार गुम्बाहरुको पुर्ननिर्माणका लागि युरोपियली राष्ट्रहरुबाट ८ अर्ब ९३ करोड रुपैंया राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाइ प्राप्त भएको थियो ।

भुकम्पले चितवन सहित २५ जिल्लाका ९ सय ९३ ओटा गुम्बा बिहारहरुमा क्षति पु¥याएकोमा पछि पुन क्षति मुल्यांकन भएपछि पुर्ननिर्माण गर्नुपर्ने गुम्बा विहारहरुको संख्या १३ सय २० ओटा पुगेको थियो । भुकम्पीय गुम्बा पुन निर्माण आयोजनाको अख्तियारी कार्यान्वयनको लागि आर्थिक बर्ष ०७३–७४ मै ए ग्रेडका गुम्बालाइ १ करोड ५ लाख ४० हजार रुपैंया, बि ग्रेडका गुम्बालाइ ८२ लाख रुपंैंया र सि ग्रेडलाइ ७१ लाख रुपैंया बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिबाट पत्र आएको उहाँले वताउनुभयो ।

प्रस्तावित उत्त बजेट मध्ये आर्थिक वर्ष ०७४–७५ मा तत्काल कार्यान्वय गर्ने गरि ए ग्रेडका गुम्बालाइ ५ लाख ५० हजार रुपैंया, वि ग्रेडका गुम्बालाइ ५ लाख रुपैंया र सि ग्रेडका गुम्बालाइ ४ लाख ५० हजार रुपैंया विनियोजन भएपनि विभिन्न कारणले निकासी हुन नसकेको उहाँको भनाइ छ ।

प्राविधिक डिजाइन, नक्सा लागत अनुमान तयार गर्न उपभोत्ता समितिबाट लाखौं रुपैंया उठाइएको भएपनि पुर्ननिर्माणको काम हुन नसकेको बौद्ध गुम्बा बिहार संघ चितवनका अध्यक्ष सिंह बहादुर गोलेले वताउनुभयो । नक्सा डिजाइन गरि सम्झौता गर्न जांदा कार्यक्रम नै स्विकृत नभएको भनि उपभोक्ता समितिलाइ पटक पटक फिर्ता पठाउने काम गरिएको उहाँको भनाइ छ ।

Loading...