मिस्टर भर्जिनको टोली चितवनमा

चितवन । चलचित्र मिस्टर भर्जिन प्रदर्शनमा आउने मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचारप्रसारलाई तीव्र पारिरहेको छ । बुधबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै भदौ १ गते देखी देश भर चलचित्र प्रदर्शनमा आउने निमार्ण पक्षले जानकारी दिएको हो ।

चलचित्रमा गौरव पहाडी, मरिष्का पोखरेलको मुख्य भुमिका रहेको छ । चलचित्रकी नायिका मरिस्का पोख्रेलले चलचित्र युवा पुस्ताहरु तर्फ केन्द्रित रहेको बताउदै समाजमा यौनका बिषयमा खुलेर बोल्न पर्ने सन्देश चलचित्रले दिने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नायक गौरव पहारीले चलचित्रको गीत, संवाद र बिषय बस्तुले सबैलाई प्रभाव पार्ने साथै चलचित्र सम्पुर्ण परिवारको साथमा हर्ने सकिने पनि उहाँले बताउनुभयो ।

त्यस्तै नायिक मरिष्काले चलचित्रले ३ फरक फरक उमेर समुहका मानिसहरुको समस्यालाई उठान गरेको बताउनुभयो । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । विशारद बस्नेतले निर्देशन गरेको चलचित्रमा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, महेश दवाडीको कथा, खिलेन्द्र तिमिल्सिना, प्रजापती सिवकोटी, मुकेश रेग्मी, प्रशान्त अधिकारी लगायत ले निर्माण गर्नु भएको छ ।

Loading...