डिआर मोवाईलको नयाँ स्वरुपम पोखरा बसपार्कमा

चितवन । विभिन्न ब्राण्डका मोबाइल बिक्री गर्ने उदेश्यले डिआर मोबाइलको नयां शोरुम पोखरा बसपार्कमा शुभारम्भ भएको छ । बुधबार शोरुमको उद्धघाटन गरी औपचारीक रुपमा शुभारम्भ गरिएको हो ।

सो पसल स्थानीय ४ जना युवाको संयुक्त प्रयासमा संचालनमा आएको हो । पसलको उद्धघाटन गर्दै प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले देशमा दिनहु युवाहरु विदेश जाने प्रवृत्ति बढेको परिप्रेक्ष्यम यस्ता स्वरोजगार सिर्जना गर्ने व्यवसायले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । यस्ता व्यवसायको प्रर्वछन गर्नुपर्ने भन्दै उहाँले युवाहरुले स्वदेशमै केही गर्न सक्छ भन्ने उदाहरण भएको बताउनुभयो ।

व्यवसायको प्रगतिको कामना गर्दै गौतमले यसले विदेश जाने मोहबाट युवालाई रोक्न सकिने बताउनुभयो । सो मोबाइल पसल ३० लाखको लगानीमा संचालन गरिएको संचालक बिक्रम कंडेलले जानकारी दिनुभयो । उहाँले ग्राहकलाई लक्षित गरी यस शोरुमबाट ओप्पो , सामसुन , आइफोन, लाभा लगायतका ब्राण्डका मोबाइल बिक्री गरिने छ ।

Loading...