समृद्ध नेपालका लागि सबै दल एक जुट हुनुपर्ने राष्ट्रियसभा अध्यक्षको भनाई

नवलपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि सबै राजनीतिक दलहरु एकजुट भएर हिड्नुपर्ने बताउनुभएको छ ।

राजनीतिक दलहरु आपसमा झगडा गर्दै बसेमा तथा विकास र प्रगतिको पथमा अगाडि बढ्न नसकेको खण्डमा यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत प्रभाव पार्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

गण्डकी प्रदेशको भारतीय नाकासग सीमा जोडिएको क्षेत्र त्रिवेणी सुस्ता जाने क्रममा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै तिमिल्सीनाले नेपाल प्राकृतिक सम्पदामा धनी भएकाले यसको भरपुर उपयोग गर्दै नेपाललाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

स्वागत कार्यक्रममा प्रतिनिधिसभा सदस्य तिलक महत क्षेत्रीले गण्डकी प्रदेश सबै हिसाबले धनी भएको उल्लेख गर्दै नारायणी नदीको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार आफैले नियम कानुन बनाउदै आफ्नो ठाउको स्रोत र साधनको परिचालन गर्न सक्ने भएकाले विकासमा जोड दिनुपर्ने महतले बताउनुभयो ।

Loading...