कोरियाली कम्पनीको प्यानल उत्पादन चितवनमा

चितवन । चितवनको रत्ननगर स्थित पिठुवामा नेपालमै पहिलो पटक कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । कोरियन प्रबिधिबाट आवास निर्माण गर्ने र आफ्नो ब्यापार एसियाली मुलुकमा बिस्तार गर्ने उद्देश्य सहित चितवनबाट उत्पादन सुरु गरेको कम्पनीले बताएको छ ।

कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो, छिटो छरितो, ६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैया अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनीले नेपालमा गएको महा भुकम्प गएपछाडि सुरक्षित आबास अबधारण अनर्तगत अँफ्नो सेवा नेपालमा बिस्तार गरिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले जानकारी दिनु भयो ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले चितवन लगायत तराइ बासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ ।

त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासका लागि सहज हुने बताईएको छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानल समेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन गर्ने गरिएको कम्पनीका निर्देशक चोल डङ ईलले बताउनुभयो ।

हाल दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ । अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना सहित अगाडि बडेको यस कम्पनीले १ तला देखि ५० तला सम्म घर तथा महलहरु निर्माण गर्दै आएको छ ।

यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट ,रंगशाला, जीम हल ,सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।

Loading...