जनजातिको कार्यक्रममा राष्ट्रिय गीत बहिस्कार

चितवन । आदिवासी जनजाति महासंघ जिल्ला परिषद चितवनको एक कार्यक्रममा नेपालको राष्ट्रिय गित बहिस्कार गरिएको छ । २४ औं अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा महासंघले बिहिबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय गीत बहिस्कार गरिएको हो ।

दिवसको अवसरमा यसअघिको सरकारले दिंदै आएको सार्वजनिक विदा कटौति लगायत विभिन्न अधिकार कुण्ठित गरिएको भन्दै महासंघले यस दिवसलाइ आन्दोलनका रुपमा मनाएको जनाएको छ । सरकारका प्रदेश नं. ३ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा सहभागि भएको कार्यक्रममा नै नेपालको राष्ट्रिय गीत बहिस्कार गरिनु आपत्तिजनक रहेको प्रदेश सांसद रामलाल महत्तोले वताउनुभयो ।

कृषि मन्त्री लामाले महासंघको कार्यक्रममा जातिय अभिव्यक्ति धेरै आएको भन्दै प्राप्त उपलब्धिको पुर्ण कार्यान्वयन गर्नुपर्ने समय आएको वताउनुभयो । थप उपलब्धिहरु संविधान संशोधन गरेर ल्याउन सकिने भन्दै उहाँले ब्राह्मणहरुलाइ मात्र गालीगलौज गरेर समृद्धि नआउने वताउनुभयो ।

संविधान, कानुन र गठन आदेशले भने अनुसार धार्मिक क्षेत्रमा राजनितिक नियुक्ति हुने भन्दै उहाँले आस्था अनुसार जुनसुकै धर्म मान्न पाउने वताउनुभयो । ब्राह्मणहरुको विरोध गरेर केहि नपाउने भन्दै उहाँले संघिय गणतन्त्र लोकतान्त्रिक राष्ट्र निर्माण सबै जातिको लागी भएको वताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद रामलाल महत्तोले जनताका प्रतिनिधिहरुबाट बनाइएको संविधानलाइ आदिवासी जनजातिबाटै जलाउने काम भएको भन्दै आपत्ति जनाउनुभयो । महासंघको कार्यक्रममा नेपालको राष्ट्रिय गीत बहिस्कार गरिएको भन्दै उहाँले असन्तुष्ट व्यक्त गर्नुभयो ।

सबै भाषा, धर्मले स्विकार गरेको राष्ट्रिय गीत बहिस्कार गरिनु आपत्तिजनक रहेको भन्दै उहाँले दिवसको दिन सरकारले सार्वजनिक विदा दिनुपर्छ भन्ने पक्षमा आफु पनि रहेको वताउनुभयो । प्रदेश सांसद रिना गुरुङ र मिलनबाबु श्रेष्ठले पनि आदिवासी जनजातिले राष्ट्रिय पर्वका रुपमा मनाउने दिवसमा सरकारले सार्वजनिक विदा कटौति गरेको भन्दै असन्तुष्ट जनाएका थिए ।

Loading...