घट्दै ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ता

नवलपुर । प्रविविधको तिब्र विकास भए संगै हाल सबैको हातहतमा मोवाइल सेवा पुगेको छ । तर मोवाइलको प्रयोग संगै ल्याण्डलाइन टेलिफोनको प्रयोग कर्ता भने घटेका छन ।

सरल र सर्वसुलभ दरमा हाथ हाथमा मोवाइल भए संगै लेनलाईन फोनको प्रयोग गर्नेको संख्या घट्दो क्रममा रहेको नेपाल टेलिकम शाखा कावासोतीले जनाएको छ । ‘अहिले मानिसलाई सजिलो चाहिएको छ र त्यो सजिलो भनेको नै मोवाइल फोन हो,’ टेलिकम शाखा कावासोतीका प्रमुख प्रभुराम मौर्यले बताए ।

मोवाइल फोनको प्रयोग सरल भएको कारण पनि मानिसले अहिले लेनलाईन जडान नगर्ने गरेको प्रमुख मौर्यले जानकारी गराए । अहिले जिल्लामा लेनलाईन सेवा जडान गर्नेमा कार्यलय वा व्यापारीक संख्था मात्र रहेको जनाइएको छ ।

नेपाल टेलिकम कावासोतीको तथ्याङ अनुसार जिल्लाको प्रगतिनगर तथा कावासातोतीमा मात्र आर्थिक वर्ष २०७४–०७५को अन्तीम सम्ममा ११ सय ३७मा झरेको जनाएको छ । हाल सिमकार्ड प्रयोग गर्नेको संख्या भने बृद्धि भएको टेलिकमले जनाएको छ ।

हाल सम्म कावासोती शाखाबाट मात्र नेपाल टेलिकम ‐नमस्ते)सिम काड प्रयोग गर्ने ९५ प्रतिशतले बृद्धि भएको जनाएको छ । शाखाका अनुसार हाल सम्म ६१ हजार प्रिपेड, २५ सय पोस्पेड,६५ सय ११ प्रिपेड स्काई, ८ सय ३१ सिडि एम एका प्रयोग कर्ता रहेको जनाइएको छ ।

Loading...