नेकपालाई रामचन्द्र पौडेलको प्रश्नः मुक्तिको नारा लगाएर नथाक्ने कम्युनिष्टको सरकारले जनतालाई के दियो?

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको दावी गर्नु भएको छ ।

उहाँले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गर्नु भयो । बिहिबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप पनि लगाउनु भयो ।

मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको वरिष्ठ नेता पौडेलको आरोप छ ।

काँग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जातजातिहरुको पहिचान स्थापित गराउने पक्ष दृढतापूर्वक उभिरहेको दावी पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकतावद्ध भएर अघि बढन आह्वान गर्नु भयो । आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नु परेको उहाँको तर्क थियो ।

नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

Loading...