गृह जिल्ला पुगेर गृहमन्त्रीले भने, ‘प्रकाण्ड अपराधी नै हुन्’

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्ड अपराधिक गतिविधिमा संलग्न रहेको बताएका छन्।

भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले प्रकाण्ड वारेन्ट जारी भएका मान्छे भएको भन्दै गैरकानुनी काम र ध्वंसात्मक गतिविधि तथा चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको बताए।

उनले प्रकाण्ड अपराधि नै भएको भन्दै भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’

उनले विल्लवसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रणमा लिने नीति लिएको समेत बताए।

Loading...