किर्षकहरुकै सक्रियतामा विउ बैंक, यसपटक मल विउको समस्या आएन

नवलपुर । नवलपरासीको कावासोती नगरपालीका १४ अग्र्यौलीका कृषकहरुलाई धानमा लगाउने मलको उपलब्ध सरल तरिकाले भएको जनाएका छन । कृषकहरुले आफै विउविजन तथा मल उपलब्ध सरल तरिकाले होस भन्ने उहेश्यले बीउ वैङकको स्थापना गरेसंगै अहिले धानमा राख्ने मलको अभाव नभएको बताए ।

वि.स.२०६८ सालमा कोठा भाडामा लिएर स्थापना गरेको यस विउ वैङ्कले वि.स.२०६९ सालमा स्थानीय तथा नगरपालीकाले गरेकोे रु ८ लाख २५ हजारको सहयोगमा आफ्नै भवन निमार्ण गरि स्थानियले सेवा लिदै आएका छन । जसले गर्दा स्थानीयलाई अहिले मल खोज्न टाढा जानु नपर्ने बताएका छन । लिवर्ड नेपालको सहकार्यमा स्थापना गरीएको बीउ वैङक सञ्चालनमा आएपछी हाइव्रिड जातका बीउका साथै मलको उपलब्धता भएको स्थानीय किसानहरु बताउंछन ।

Loading...