४३२ प्रहरी दिक्षित

चितवन । चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट ४ सय ३२ जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । शिक्षालयमा संचालित प्रहरी सहायक निरिक्षकको १ सय ७४ औ समुहको आधारभुत तालिम पुरा गरेका ४ सय ३२ जना प्रहरी शुक्रबार दिक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।

प्रशिक्षार्थीहरुलाई शुक्रबार एक कार्यक्रमको बिच गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दिक्षित गर्नुको साथै समाजमा हुने अपराध र अमानविय क्रियाकलाप नियन्त्रण गर्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दिक्षित भएका प्रहरी सहायक निरिक्षकहरुलाई नागरिकको प्रहरीप्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाढ बनाउने गरि कार्यक्षेत्रमा काम गर्न निर्देशन दिएका हुन् । प्रहरी सहायक निरिक्षक पदमा भर्ना भएका ४ सय ४१ जना प्रशिक्षार्थीहरुमध्य जम्मा ४ सय ३२ जना दिक्षित भएका हुन् ।

भर्ना भएका मध्य ४ जना बिरामी भएर तालिममा सहभागी हुन नसकेको, ४ जना बर्खास्त भएका र १ जनाको तालिमको क्रममा मृत्यु भएको थियो । दिक्षित हुनेमा ४ सय १८ जना पुरुष र १४ जना महिला प्रहरी रहेका छन् ।

Loading...