महिलालार्इ कानुनले अधिकार दियो तर दलले दिएनन्

चितवन । महिलाहरुलाई कानुनले निदृष्ट गरेको अधिकार राजनैतिक दलहरुले दिन नसकेको महिलाहरुले आरोप लगाएका छन् । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अबसरमा नारायणगढमा आयोजित महिला अधिकारका लागि महिला संघले खेलेको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने महिला अधिकार कर्मीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरु माथि हुने दमन अझै रोक्न नसकिएको बताएका थिए । राज्यले अधिकार दिएको छु भन्ने तर कार्यान्वयन नगर्ने गर्दा समस्या आएको उनिहरुको भनाई थियो । महिलाहरुको अधिकारका लागि २००४ सालमा मंगलादेबि सिंहले स्थापना गरेको महिला संघले अझै प्रभाबकारी भूमिका खेल्नु आबश्यक रहेको उनिहरुको भनाई थियो ।

नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्बति शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक परिर्बतनमा महत्वपूर्ण योगदान दिन महिलाहरुलाई राज्यले दिएको अधिकार समेत पाउन कठिन भएको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद बलराम पौडेल, पूर्ब सांसद साबित्रि बोगटी पाठक, महिला संघ नगर सभापति सारदा पोख्रेल, क्षेत्रीय सभापति शुशिला अधिकारी, वडाका तर्फबाट पार्बति घिमिरे, सबिता गुरुङ लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा शाहले महिला संघको ईतिहाँसको विषयमा जानकारी गराउनु भएको थियो । यस्तै अधिबक्ता फुलमायाँ रानाभाटले महिलाको हक अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ससि महत्तोले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Loading...