भरतपुर अस्पतालाई केन्द्रिय स्तरको अस्पतला बनाउने छलफल भइरहेको छ- स्वास्थ्य मन्त्री यादव

चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रिय स्तरको अस्पतालको रुपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्दे लैजानेमा जोड दिए ।

जनतासंग प्रत्यक्ष सरोकोर राख्ने विषयमा सरकार गम्भिर रहेको मन्त्री यादवले बताए । शिक्षा,स्वास्थ्य र कृषि जस्ता जनतासंग सरोकार रहेका सबै क्षेत्रलाई परिवर्तन,सुधार र स्तरिय बनाउन आवश्यक रहेको उनको भनाई छ । मुलुकलाई संमृद्ध बनाउन सबैले हातेमालो गर्नुपर्ने जरुरी रहेको उनले बताए ।

मन्त्री यादवले डा. गोविन्द केसीका सम्बन्धमा अनशन बस्ने नबस्ने उहाँको कुरा भएको टिप्पणी गरे । देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल संचालन गर्न कुनै समस्या नभएको मन्त्री यादवले बताए ।

Loading...