नाराणगढ-मुग्लिन सडको जुगेडी पुलबाट ट्रक खस्यो दुई जनाको मृत्यु

चितवन । जिल्लाको नारायणगढ-मुग्लिन सडकखण्ड भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट काठमाडौं जाँदै गरेको एमएच ४२ टी ०३४३ नम्बरको एउटा भारतीय ट्रक शनिवार विहान खसेको हो।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

ढकालका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ। चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा भारत बलरामपुरकै करिब ४० वर्षका फिरोज आलम घाइते भएका छन्।

Loading...