परिवारमा विग्रह बढ्दै सम्बन्ध विच्छेदका मुद्धा

- बन्दना पोखरेल

पाल्पा । पछिल्लो समय सम्बन्ध विच्छेदका घटनाहरुमा वृद्धि भएका छन्। जिल्ला अदालत पाल्पामा अघिल्ला वर्षमा भन्दा सम्बन्ध विच्छेदका घटनाहरुमा वृद्धि भएका हुन्।
गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ४४९ वटा मध्ये १३३ बटा सम्वन्ध विच्छेदको रहेको जिल्ला अदालत पाल्पाका सुचना अधिकृत सुर्वण प्रसाद खनालले जानकारि दिए। उनका अनुसार गत आर्थिक वर्षमा ४४९ मुद्धा दर्ता भएका मध्ये ३२७ मुद्धाको फैसला भएको छ। यसरी फैसला भएका मुद्धा मध्ये १११ वटा सम्बन्ध विच्छेदका मुद्धा रहको खनालले जानकारी दिए।
त्यस्तै कुल १२२ वटा मुद्ध फैसला हुन बाँकी रहेकामा २२ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेका छन्।
स्थानिय तहमा न्यायिक समिति गठन भए सँगै देवानि प्रकृतिका मुद्धा कम भएपनि सम्वन्ध विच्छेदका मुद्धा वढिरहेको उनले बताए।
न्यायिक समितिले सम्वन्ध विच्छेद पुर्व मेलमिलापका लागि सहजिकरण गर्छ । तर पनि मुद्धाका सख्या नघटेको उनले बताए। न्यायिक समिति गठन भए पछि स्थानिय तहको सिफारिसमा २ वटा मुद्धा दर्ता भएको खनालले जानकारि दिए।

महिला माथि हुने घरेलु हिंशा कारण खान लाउन नदिइएको कारण पनि सम्वन्ध बिच्छेद हुने गरेको छ। पाल्पा जिल्लामा हेर्ने हो भने बैदेशिक रोजगारि वढे सँगै परिवारमा भित्रीएको जिवन शैलिले पनि असर गरिरहेको छ ।
स्थानिय सरकारले घरेलु हिंसा न्युनिकरण गर्न विभिन्न कार्यक्रम ल्याएपनि हिंसा नघटेको अधिवक्ता विमला ज्ञवालीले वताए। गाउँ घरमा घरेलु हिंसा भएपनि प्रहरि तथा अदालत सम्म निकै कम उजुरि आउने गरेको ज्ञवालिको भनाई छ।
जिल्ला अदालत पाल्पामा आर्थिक वर्ष ०७२।०७३ मा १०१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकामा ८५ वटा फैसला भएका थिए। त्यस्तै ०७३।०७५ मा १२४ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकामा १०० वटा मुद्धाको फैसला भएको थियो। गत आर्थिक वर्षमा यो संख्या बढेर १३३ पुगेको हो।

Loading...