गजलमा गुञ्जिए चार चेली

नवलपुर । नवलपुरको नारायणी रिसोर्टमा शनिवार एकै मंचबाट ४ चेलीको गजल गुञ्जिएको छ । गजल मंच चितवनले आयोजना गरेको गजल संगको चौथो श्रृखलामा ईन्दीरा अधिकारी, मिथिला प्याकुरेल, रितु सुवेदी र सिरु सिलवालको ७, सात बटा गजल गुन्जीएका हुन् ।

अन्य साहित्यीक कार्यक्रमहरु भन्दा भिन्नै तरिकाले शुरुवात भएको गजल संगमा कोही पनि सभापति वा प्रमुख अतिथि नराखि गजल बाचन शुरु भएको थियो । ईन्दिरा अधिकारीबाट शुरुवात भएको गजल वाचनमा पहिलो चरणमा ३, तिन बटा गजल प्रस्तुत भएको थियो ।

विशोष गरि माया प्रेम र प्रकृति संग सम्वन्धीत गजलहरु ४ जना नै स्रष्ट्राहरु बाट प्रस्तुत भएको थियो । गजल मंच चितवनका कार्यसमिति सदस्य रहेका ४ जना स्रष्टाहरुलाई चौथो श्रुखलामा प्रस्तुत गरिएको अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनु भएको थियो । चितवनका गजल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई गजल मंचका सचिव विनोद अनुजले सहजीकरण गर्नु भएको थियो ।

Loading...