फोनिज स्थापना दिवसमा पत्रकार सम्मानित

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवन शाखाले आईतबार १९ औं स्थापना दिवस मनाएको छ । भरतपुर गार्डेन रिसोर्टमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम गरी फोनिजको स्थापना दिवस मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले १९ वर्ष पुरा गरेको फोनिजलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझै शसक्त रुपमा संस्थाको उपस्थिति देखाउन आग्रह गर्नुभयोे । उहाले आदिवासी जनजाति समुदायको मुद्धा उठानमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद रामलाल महतोले फोनिजमा आदिवासी जनजाति पत्रकारहरुको मात्रै उपस्थिति रहेपनि सबै वर्ग समुदायको सकरात्मक समाचारहरुलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाले फोनिजले अझै प्रगति गरोस् भनि शुभकामना व्यक्त गर्दै आगामि दिनमा आफू व्यक्तिगत रुपमा फोनिजलाई हर तवरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै अर्का प्रदेश संँसद मिलनबाबु श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरु संगठित हुनु राम्रो भएको भन्दै फोनिज चितवनलाई बधाई ज्ञापन गर्नुभयो । उहँले फोनिजको गतिविधि अझै शसक्त बनाउन आफूले व्यक्तिगत र संस्थागत रुपमा फोनिजलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष सुरविर थापा मगरले आदिवासी जनजाति समुदाय अझै पनि आन्दोलनमा रहेको भन्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, फोनिज प्रदेश ३ का इन्चार्ज समिर बलामी, केन्द्रीय सदस्य राजु चौधरी, फोनिज चितवनका संस्थापक अध्यक्ष एवंम सल्लाहकार सन्तकुमार चौधरीलगायतले फोनिज स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । फोनिज चितवनको कोषाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवन शाखाले १९ औं स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

फोनिजले कान्तिपुर टेलिभिजनका नवराज मिश्र र नागरिक दैनिककी सविता श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सांसद रामलाल महतो र मिलनबाबु श्रेष्ठले पत्रकार मिश्र र श्रेष्ठलाई सम्मान गरे ।

Loading...