धानमा तीनथरी रोग

नवलपुर । किसानले लगाएको धानमा अहिले तिन थरिका रोगहरु देखा परेको कृषि विशेषज्ञहरुले बताएका छन । जिल्लाको नवलपुर क्षेत्रमा लगाइएको अधिकाशंधानमा तिन प्रकारका रोगहरु लागेको र यसको प्रकोप पनि बढेको हुदा किसानहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

अहिले किसानले लगाएको धानमा खयरा, किरा र पातवेरुवा लगायतका रोगहरु देखा पर्ने गरेको कृषि सेवा केन्द्रका प्रमुख अलाउदीन खानले बताउनुभयो ।

उनका अनुसार बर्खो धानमा विशेष गरेर यस्ता रोगहरु लाग्ने हुदा किसानहरुले रोग अनुसारको विषाधी प्रयोग गर्नु पर्ने बताउछन ।

अहिले विशेष गरि धानमा खएरा र पातवेरुवा किराको प्रकोप बढि रहेको हुदा यस्तो रोग देखिएमा धानको नमुना ल्याई कृषि सेवा कार्यलयमा परिक्षण गराउनु पर्ने बताए । हाल जिल्लामा ८७ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यलयले अनुमान गरेको छ ।

Loading...