जय सम्भोको टोली चितवनमा

चितवन । नेपाली कथानक चलचित्र जय शम्भो यही भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा निर्माण टोली यति बेला प्रमोशनको सिलशिलामा देशदौडाहा अभियानमा व्यस्त रहेका छन् ।

आईतबार चितवन आईपुगेको चलचित्र युनिटले पत्रकार सम्मेलन गरी चलचित्रको कथावस्तु बारे जानकारी गराएको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक अनुप बिक्रम शाहले प्रदर्शनमा आउन लागेको सो चलचित्रलाई युवादेखी सबै पुस्ताले मन पराउनेमा विश्वास ब्यक्त गर्नुभयो ।

चलचित्रको कथा वस्तु नै उत्कृष्ट रहेकोले यस चलचत्रिमा अभिनय गरेको नायिका बर्षा शिवाकोटीले बताउनुभयो । चलचित्रको रुपेश तमाङले कथा लेखन र निर्देशन समेत गरेका छन् ।

Loading...