भरतपुरमा शंकास्पद बस्तु फेला, निष्कृय पार्दै सेना

चितवन । जिल्लाको भरतपुरस्थित रिजाल चोकमा बीच सडकमा संकास्पद बस्तु फेला परेको छ। विप्लव नेतृत्वको बन्दको प्रभाव परिरहेका बेला भरतपुरको मुख्य सडकमा संकाशपद बस्तु फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सो स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्। दुर्इ वटा थर्मस जस्ता देखिने अाकृति बीच सडकमा फेला परेपछि बमको अाशंकमा स्थानीय त्रसित छन्।

सेनाको टोलीले बम निष्क्रिय पार्ने तयारी गरिरहेको छ।

Loading...