उपभोक्ताको स्वास्थ्यमा सरकारको खेलाँची, व्यापारी पोस्न उपभोक्त संरक्षण एेन

काठमाडौं । सरकारले उपभोक्ताको स्वास्वास्थ्यमा खेलाँची गर्दै उपभोक्ता ठग्नेलाई उन्मुक्ति दिने गरी कानुन ल्याउन लागेको छ । सरकारले ल्याउन लागेको उपभोक्ता संरक्षण ऐन २०७५ले व्यापारीलार्इ राहत दिएको छ भने उपभोक्तालार्इ लात हानेको छ।

उपभोक्ता संरक्षण ऐन २०५४ मा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने उपभोग्य बस्तु तथा सेवाको उत्पादन वा बिक्रीवितरण गर्दा ज्यानलाई खतरा पुगेमा १४ बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था थियो । यो प्रवधानलार्इ अहिले हटाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसदमा पेस गरेको उपभोक्ता संरक्षसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो सजायको प्रावधान हटाइएको छ ।

विस्थापित गर्न लागिएको ऐनमा उपभोग्य वस्तु प्रयोग गर्दा शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सकिने व्यवस्था थियो । यो व्यवस्था पनि विधेयकबाट हटाइएको छ ।

उपभोक्ता संरक्षणका लागि ल्याइएको भनिएको यो विधेयक पास भए उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्न उपभोग्य बस्तु विक्रि गर्ने व्यापारीलार्इ छुट हुने छ।

Loading...