इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु

रोम । इटालीको उत्तर पश्चिममा रहेको जेनोवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
मोरान्डी पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खसेको थियो। सो समयमा ३० देखि ३५ सवारी साधान सो पुलमा थिए। घटनामा गम्भिर घाइते भएका पाँच जनाको उपचार अस्पतालमा भइरहेको इटालीको समाचार संस्था अान्सलार्इ उदृत गर्दै अल जजिराले जनाएको छ।
धेरै मानिसहरू कुच्चिएका गाडीभित्रै छन्। चार जनालार्इ जीवितै उद्धार गरिएको छ। एक जना बालक पनि यसमा रहेका छन्।
फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरुको खोजी गरिरहेका छन्।
भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पूल भत्किएको हो। स्थानीय सयअनुसार बिहान झण्डै साढे ११ बजे पुल भत्किएको थियो। शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त झोलुङ्गे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो ।

Loading...