वाजपेयी ‘एउटा सादगी राजनेता’को देहवसान

नयाँ दिल्ली । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । अल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।

एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उनको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।’ यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । ९३ वर्षीय वाजपेयीका एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।

मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

Loading...