वाजपेयीः वाककलामा निपूर्ण, अब सुनिने छैनन् उनका व्यंग्य

सन् १९६३ मे को कुरा हो । मैले पहिलो पटक अटल बिहारी बाजपेयीलाई सुनेको थिएँ । पंडित दिनदयाल उपाध्याय जौनपुरबाट लोकसभाको चुनाव लडिरहेका थिए ।

त्यतिबेला चार उपचुनाव भइरहेको थियो । वडोदराबाट मिनु मसानी चुनाव लडिरहेका थिए, अमरोहाबाट जेबी कृपलानी र फर्रुखाबादबाट डा. राम मनोहर लोहिया चुनावी मैदानमा उत्रिएका थिए ।

जौनपुरको सभामा मैले बाजपेयीलाई पहिलो पटक सुनें । बाजपेयीले मानिसहरुलाई आफ्नो सभामा हसाउँथे र भावनामा बगाउँथे पनि ।

यो नै उनको भाषको अद्भूत कला थियो र उनले यो कला आफ्ना बुवाबाट हाँसिल गरेका थिए । बाजपेयीको भाषणमा हाँसो, भावना र मुद्दा उठान हुने गर्दथ्यो ।

बाजपेयी कुनै पर्चाबिना नै भाषण गर्दथे र मुद्दालाई सही समयमा सटिक तरिकाले प्रस्तुत गर्दथे । उनको सभामा हरेक विचारधाराका मानिसहरु उनलाई सुन्न आउँथे ।

अटल बिहारीको व्यक्तित्वको प्रभाव नै त्यस्तो थियो जसले हारेको बाजी पनि जित्थे । उनी चुनावका बेला जहाँ पनि जान्थे, त्यहाँ समर्थनको ग्राफ उनको भाषण पनि ह्वात्तै बढ्ने गर्दथ्यो ।

उनको कुराले उनलाई बनायो राष्ट्रिय नेताः
लोकसभामा चाहे अयोध्याको मामला वा अविश्वास प्रस्तावको मामला होस्, पूरा संसदले उनलाई ध्यानपूर्वक सुन्दथे ।

विपक्षी सांसदले उनलाई यसकारण पनि सुन्दथे किनभने उनी भारतीय जनता पार्टीका नेता भएता पनि थुप्रै पटक उनको कुरा राष्ट्र हितमा हुन्थ्यो र पार्टी लाइन बाहिर हुने गर्दथ्यो ।

यही कारणले उनलाई कुनै विशेष पार्टीको नेता नभई राष्ट्रिय नेता मानिन्थ्यो ।

अयोध्या मामला पछि अटल बिहारी बाजपेयीले लोकसभामा जुन भाषण दिए, त्यो सायद अटल विहारी बाजपेयीले मात्र दिन सक्थे । उनले भनेका थिए, ‘जो व्यक्ति बाबरी मस्जिदलाई ढलाउन संलग्न भए उनीहरुले अगाडि आएर जिम्मेवारी लिनुपर्छ ।’

यो यस्तो कुरा थियो जुन भाजपाका अन्य कुनै पनि नेताले भन्न सक्दैनथे र यो कुरा उनले दबिएको आवाजमा भनेका थिएनन् ।

शब्दको वाण

उनी लोकसभाको भाषणमा थुप्रै पटक यस्ता शब्द प्रयोग गर्दथे जसलाई अरु व्यक्तिले बुझ्न सक्दैनथे ।

एकपटक सिपिआईका केही नेता लोकसभामा उनको विरोध गरिरहेका थिए । उनी बोलिरहेका बेला उनको आलोचना गरिरहेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘जो मित्र हाम्रो भाषणको विरोध गरिरहेका छन् उनीहरु शाखामृगको भूमिकामा छन् ।’

त्यतिबेला शाखामृगको अर्थ कसैलाई पनि थाहा भएन । केही बेर पछि प्रकाश बीर शास्त्रीले शाखामृगको अर्थ ‘बाँदर’ हो भन्ने जानकारी दिए । त्यसपछि विपक्षी भड्किए ।

उनको भाषणको विषय निराश भएपनि उनले त्यसलाई रोचक बनाइदिन्थे र हाँसीहाँसी मानिसहरुलाई सम्झाइदिन्थे ।

विषय यदि पेचिलो भए उनले कसैको चर्चित भनाईलाई उद्धृत गर्दै त्यसलाई सरल बनाइदिन्थे ।

संसदमा पहिलो भाषण र त्यसको छापः

सन् १९५७ मा पहिलो पटक अटल चुनाव जितेर संसद पुगेका थिए । त्यतिबेला जवाहरलाल नेहरु प्रधानमन्त्री थिए । उनी नयाँ सांसदलाई बोल्ने मौका दिन्थे र उनीहरुलाई निकै ध्यानपूर्वक सुन्थे पनि ।

जब उनले पहिलो पटक बाजपेयीको भाषण सुने, उनी निकै प्रभावित भए । नेहरुले उनलाई देशको भावी प्रधानमन्त्री भनेका थिए ।

सांसदको भूमिकामा उनले दुई कुरालाई महत्व दिएका थिए । पहिलो, उनी संसदमा संसदीय मर्यादालाई पालना गर्दै बोल्दथे र दोस्रो आचरण ।

यही कारणले उनको राजनीतिक जीवनभरी कसैले पनि उनको कुरामा आपत्ति जनाएनन् र उनको क्रियाकलापले कुनै पनि हंगामा निम्त्याएनन् ।

समकालीन नेतामा उनको स्थान?

समकानीन नेतामा वक्ताको रुपमा उनको स्थान भिन्न थियो । त्यतिबेला जनसंघमा केही उत्कृष्ट वक्ता थिए जस्तै जगन्नाथ राव जोशी, प्रकाश वीर शास्त्री । तर जनताको माया लिने कला अटल बिहारी बाजपेयीसँग मात्र थियो ।

सन् १९८० मा जब भाजपाको पहिलो राष्ट्रिय अधिवेशन मुम्बईमा भइरहेको थियो र मंचमा एमसी छागला थिए । उनले अधिवेशनपछि दुई कुरा भने । पहिलो – उनले भाजपामा कांग्रेसको विकल्प देखिरहेका छन् र दोस्रो – अटल बिहारी बाजपेयीमा प्रधानमन्त्री बन्ने सम्भावना ।

इन्दिरालाई व्यंग हानेर दिए जवाफः

सन् १९७१ मा एक सभामा इन्दिरा गान्धीले आजकाल उनलाई हिटलरसँग तुलना गरिरहेको बताए । एक दिन उनले इन्दिरालाई आफ्नो तुलना किन हिटलरसँग गरेको भनेर प्रश्न सोधे ।

तब इन्दिरा गान्धीले जवाफ दिइन्, ‘तपाईं हात उठाइउठाई सभामा बाल्नुहुन्छ त्यसकारण म तपाईंको तुलना नाजीसँग गर्छु ।’

यसमा बाजपेयीले टिप्पणी गरे र मानिसहरु पेट मिचिमिचि हाँसे । उनले भनेका थिए, ‘इन्दिराजी, के म तपाईंले झैं खुट्टा उठाईउठाई भाषण गरुँ ।’

यो उनको व्यंग्यको तरिका थियो । यस्तै व्यंग्यले उनको भाषण रोचक बनाउथ्यो । उनको भाषण निकै रोचक भइकन पनि गम्भीर विषयमा केन्द्रीत हुन्थे, चिन्ता हुने गर्दथ्यो जुन कुनै पनि राष्ट्रिय नेताको भाषणमा हुनुपर्छ ।

राम बहादुर राय /बीबीसी

Loading...