सिंहदरबार अगाडि किन नांगिए यी युवा ?

काठमाडौं : आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको बिरोधमा एक युवाले मुुलकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार अगाडी नाङ्गिएर प्रदर्शन गरेका छन् । मुलुकी अपराध (संहिता) ऐनले नेपालमा पशु अधिकारको हनन भएको भन्दै झापाका बिकिन काङबाङ (लिम्बु)ले सिंहदरवार अगाडी नाङ्गिएर प्रर्दशन गरेका हुन् ।

सरकारलाई चुनौती दिंदै नाङ्गिएका युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । सिंहदरवारको दक्षिण गेट तर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको बिकिनले आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ ।

राष्ट्रिय जनावार गाईको संरक्षण गर्न सरकार चुकेको उनको आरोप छ । ‘कानुन बनाएर मात्रै संरक्षण हुने होईन’ उनले भने, ‘गाईको संरक्षणमा सरकार लागेको खोई ?’ उनले राष्ट्रिय जनावार पनि पविर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपउन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले माग गरेका छन् ।

Loading...