सर्वोच्चको आदेशमा रिहा भए लगत्तै अदालत परिसरबाटै प्रकाण्ड पुन: पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले सर्वोच अदालत परिसरबाट पुन: पक्राउ गरेको छ। सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका उनलाई प्रहरीले पुन: पक्राउ गरेको हो।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको थियो। तर उनलाई महानगरीय प्रहरी परिसरले पुन: समातेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

प्रकाण्डलाई काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। यसअघि उनलाई प्रहरीले चन्दा आत‌ंक फेलाएको अभियोगमा पक्राउ गरेको थियो।

Loading...