नारायणी मोटर्सको उपहार

चितवन । चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता नारायणी मोटर्सले सुरु गरेको लक्की ड्र अन्तर्गत साउन महिनामा मोटर साइकल खरिद गर्ने मध्ये दुई जना ग्राहकलाई पुरस्कृत गरेको छ ।

शनिबार खोलिएको लक्की ड्रमा भरतपुर १० का प्रमोद भट्टराईले मोबाइल प्राप्त गरेका छन् । भट्टराईले नारायणी मोटर्सबाट साउन महिनामा १५० सिसिको पल्सर मोटरसाइकल खरिद गरेका थिए । त्यस्तै, लक्की ड्र मार्फत साविकको गुञ्जानगरका बलबहादुर गुरुङले घडी प्राप्त गरेका छन् ।

गुरुङले पनि १५० सिसिकै पल्सर मोटरसाइकल खरिद गरेका थिए । सामसुङ कम्पनीको एन्ड्रएड फोन प्राप्त गरेका भट्टराईले जिम्मेवार चालकको लागि पल्सर १५० सिसिको मोटरसाइकल उत्कृष्ट भएको बताए ।

शनिबार खोलिएको लक्की ड्रमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार जनक अर्याल र नारायणी मोटर्सका सञ्चालक अनुषा चुकेले गोलाप्रथाबाट विजयी ग्राहकको घोषणा गरेका थिए ।

साउन महिनादेखि सुरु गरिएको लक्की ड्र कार्यक्रम भदौ महिनामा पनि सञ्चालन हुने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जानकारी दिनुभयो । यस वर्ष साउनदेखि नारायणी मोटर्सबाट बजाज कम्पनीका मोटरसाइल खरिद गरेका ग्राहकहरु मध्येबाट एक जनालाई आगामी तिहारमा बम्पर पुरस्कार प्रदान गरिने चुकेले जानकारी दिनुभयो ।

Loading...